नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

16
Aug

प्रेस विज्ञप्ति- मकालु एयर प्रा.लि.को 9N-AKC दर्ता भएको CESSNA C208B CARAVAN सिंगल इन्जिन वायुयान दुर्घटना सम्बन्धमा २०७३।०४।३२

प्रेस विज्ञप्ति

मिति २०७३ साल साउन २० गते (August 4, 2016) का दिन हुम्लाको सिमिकोटबाट सुर्खेतको कार्गो चार्टर उडानमा रहेको मकालु एयर प्रा.लि.को 9N-AKC दर्ता भएको CESSNA C208B CARAVAN सिंगल इन्जिन वायुयान हुम्ला जिल्लाको सिमिकोट विमानस्थल नजिक कर्णाली नदीमा Force Landing गर्दा दुर्घटना भएको विषयमा दुर्घटनाका कारणहरु पत्ता लगाउनुका साथै भविष्यमा यस्तो दुर्घटना हुन नदिने सम्बन्धमा सुझाव सहित तथ्यहरु पत्ता लगाई ९० (नब्बे) दिन भित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१  वमोजिम नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को मिति २०७३।४।३२ को निर्णयानुसार तपसिल बमोजिमका विज्ञहरु रहेको दुर्घटना जाँच आयोग गठन गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

 

दुर्घटना जाँच आयोग

 

१. श्री यज्ञ प्रसाद गौतम, पूर्व सचिव, नेपाल सरकार                 ...... अध्यक्ष

२. श्री सोहन महर्जन, ईञ्जिनियर, नेपाल वायुसेवा निगम            ...... सदस्य

३. श्री मनिष पन्त, क्याप्टेन, गोमा एयर प्रा.लि.                     ...... सदस्य

४. श्री हरिबहादुर खड्का, सि.डि.ई., सं., प. तथा ना. उ. मन्त्रालय   ...... सदस्य सचिव

 

 

(चन्द्र प्रसाद फुँयाल)

उपसचिव एवं सहायक प्रवक्ता

मितिः २०७३/०४/३२