Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
प्रेस विज्ञप्ति
२०७२ कार्तिक १५
आज मिति २०७२ कार्तिक १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री दिनेश कुमार थपलियाको उपस्थितिमा यस मन्त्रालय, सम्वद्ध निकाय तथा अन्तर्गतका निकायहरुबाट देश भरि नै सञ्चालन गरिएका कार्यक्रम तथा आयोजनाहरुको अनुगमन कार्य गर्ने सम्वन्धमा बैठक सम्पन्न भयो । उक्त बैठकमा मन्त्रालयका सह सचिवहरु, पर्यटन विभाग र पुरातत्व विभागका महानिर्देशकहरु र मन्त्रालयका अन्य अधिकृत कर्मचारीहरुको उपस्थिति थियो ।
बैठकले राज्यले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा गरेको लगानीको उचित प्रतिफल तथा प्रभाव निर्धारित समयमा प्राप्त गर्ने दिशातर्पm उन्मुख हुन नियमित अनुगमन गर्नाले स्थानीयस्तरमा कार्य गर्ने कर्मचारीहरुलाई अझ वढी जिम्मेवार तथा जवाफदेहिका साथ कार्यमा लाग्न उत्प्रेरित गराउनुका साथै स्थानीयस्तरमा भएका तथा आइपर्ने समस्याहरु समयमानै सम्वोधन गर्न सकिने कुरामा जोड दिएको छ ।
यसै पृष्ठभुमिका आधारमा अनुगमन कार्यलाई प्रभावकारी र परिमाणमूखि वनाउनका लागि नेपालको संविधान २०७२ मा रहेको सात वटा प्रदेशमा मन्त्रालय र अन्तर्गतका विभागीय प्रमुख समेतको संयोजकत्वमा २ जना उप सचिवस्तर र २ जना शाखा अधिकृतस्तरका कर्मचारी सहितको ५ सदस्यीय एक अनुगमन टोली ७ वटा गठन गरिएको छ । आवश्यकता अनुसार अन्य कर्मचारीहरुको समेत सहयोग लिई उक्त अनुगमन टोलीले तत् तत् प्रदेशमा रहेका संस्कृति प्रवद्र्धन, पर्यटन पूर्वाधार, विकास समितिहरु र नागरिक उड्डयन अन्तर्गत सञ्चालनमा रहेका कार्यक्रम तथा आयोजनाहरुको अनुगमन गर्नेछ ।
प्रदेश अन्तर्गत रहेका सवै प्रतिष्ठानहरु, विकास समितिहरु, विकास आयोजनाहरु र कार्यालयहरुको अनुगमन गरी निर्धारित विभिन्न फारामहरुको प्रयोग गर्ने व्यवस्था गरिएको छ । अनुगमन टोलीले प्रस्तुत गरेको सुझाव तथा समस्याहरुलाई उचित प्राथमिकता दिई सम्वोधन गरिने प्रणालीको विकास गरिएको छ भने सवै अनुगमन टोलीले अनुगमन कार्य सकिएपछि एकीकृत अनुगमन प्रतिवेदन पेश गर्नु पर्नेछ ।
घनश्याम उपाध्याय
सह–सचिव तथा प्रवक्ता
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt