Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
प्रेस विज्ञप्ति
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री आनन्द प्रसाद पोखरेलज्यूको अध्यक्षतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७२/७३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक २०७३ बैशाख ७ गते मङ्गलबार सम्पन्न भयो ।
बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सञ्चालित विकास कार्यक्रम÷आयोजनाहरुको दोस्रो चौमासिक अवधिमा हासिल भएका भौतिक तथा वित्तीय प्रगति, मुख्य मुख्य उपलव्धिहरु र कार्यान्वयनमा देखापरेका समस्याहरु प्रस्तुत गरी छलफल सम्पन्न भयो । बैठकमा राष्ट्रिय योजना आयोगका मा.सदस्य डा. चन्द्रकान्त पौडेल, श्रीमान् सचिव प्रेम कुमार राईू, सहसचिवहरु, विभागीय प्रमुखहरु, राष्ट्रिय योजना आयोगको सचिवालयका प्रतिनिधिहरु र मन्त्रालय अन्तर्गतका विभिन्न प्रतिष्ठान, आयोजना÷निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
बैठकमा योजना तथा मूल्याङ्कन महाशाखा प्रमुख श्री डण्डुराज घिमिरेले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा मन्त्रालय, निकाय र अन्तर्गतका निकायहरुको प्रगति स्थिति विवरणहरु प्रस्तुत गर्नुभयोे । बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तथा राष्ट्रिय योजना आयोगको सचिवालयका प्रतिनिधिहरुले छलफलमा सहभागी हुनुभयो ।
मन्त्रालयका सचिव श्री प्रेम कुमार राईले चालू आ.ब.मा विभिन्न कठिनाईका सामना गर्नुपरेकोले कतिपय आयोजना तथा कार्यक्रममा पूजीगत खर्च कम भएको हो तर सवै कार्यक्रममा कम खर्च भएको देखिएकोले त्यसको कारण पहिलाउनु पर्ने कुरा व्यक्त गर्नुभयो । अन्तर निकायको समन्वयनबाट कार्य सम्पादन गर्न सम्वन्धित पक्षले विशेष पहल गर्न निर्देशन दिनुभयो । आयोजनाहरुको संख्या हरेक वर्ष वढीरहने तर सो अनुरुप मानवस्रोतको व्यवस्थापन नहुँदा कार्य सम्पादनमा समस्या परिरहेकोले यस तर्पm सम्वन्धित निकायले ध्यान पु¥याउन आग्रह गर्नुभयो । पुरातात्विक तथा संरक्षित क्षेत्रको सम्वर्दन गरी पर्यटकीय गतिविधि गर्न गराउन निजी क्षेत्रसँग सहकार्य नीति ल्याउन पर्ने कुरामा जोड दिनुभयो । सचिव श्री राईले मन्त्रालय अन्तर्गत रहेका विकास समितिहरुको कार्य सम्पादनको अनुगमन तथा विश्लेषण गर्न र अवका बाकी दिनहरुमा कार्यकुशलतामा सुधार गरी अधिकतम प्रतिफल प्राप्त हुने गरी कार्य सम्पादन गर्न सम्वन्धित सवैलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय योजना आयोगका मा.सदस्य डा.चन्द्रकान्त पौडेलले मन्त्रालयको समग्र प्रगति स्थिति उत्साहजनक नभएतापनि वहु क्षेत्र हेर्ने मन्त्रालयको प्रगतिमा असन्तुष्टि नभएको वताउनु भयो । दोस्रो चौमासिक अवधिले प्रथम चौमासिकको त्चभलम ब्लबथिकष्क र तेस्रो चौमासिकको आधार तयार गर्ने भएको व्यहोरा औल्याउदै आयोजना छनौटमा प्राथमिकीकरण गर्न सुझाव दिनुभयो । आगामी आ.ब. देखि शुरु हुने १४ औं योजनामा पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी गराउनु भयो ।
उक्त अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री आनन्द प्रसाद पोखरेलले मन्त्रालयको समग्र प्रगति स्थितिमा मन्त्रालयमा कार्य गर्ने सम्पुर्ण कर्मचारीहरुको योगदान हुने भएकोले मन्त्रालयलाई जनतामूखि र प्रभावकारी वनाउन यस अन्तर्गत कार्य गर्ने सवै जनशक्तिले तदारुकतासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । राष्ट्रले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको तर बजेट विनियोजनमा सो कुरा प्रतिविम्वित नभएको तर्पm ध्यानाकर्षण गराउदै नेपालको आर्थिक इञ्जिन चलाउने एउटा प्रमुख आधार पर्यटन भएकोले तीर्थाटन, साहसिक पर्यटन र घरवास कार्यक्रमहरु सञ्चालन गर्ने तर्पm अग्रसर हुन निर्देशन दिनुभयो ।
(घनश्याम उपाध्याय)
प्रवक्ता
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt