Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
प्रेस विज्ञप्ति
नेपाल सरकारले वि.सं. २०६८ सालमा स्थापना गरेको महाकवि देवकोटा पुरस्कार हालसम्म निरन्तर प्रत्येक वर्ष प्रदान गरिदैं आएको छ । यो पुरस्कार कविता विषय क्षेत्रतर्फ, निबन्ध/ समालोचना विषय क्षेत्रतर्फ, आख्यान/ नाटक विषय क्षेत्रतर्फ, बालसाहित्य/लोक साहित्य विषय क्षेत्रतर्फ /साहित्य सेवा विषय क्षेत्रतर्फ गरी ५ वटा क्षेत्रहरुमा ५जना व्यक्तित्वहरुलाई हरेक बर्ष एक लाख रुपैयाँका दरले पुरस्कार बितरण गर्ने गरिएको छ । महाकवि देवकोटा पुरस्कार मापदण्ड तथा कार्यविधी बमोजिम गठित महाकवि देवकोटा पुरस्कार चयन समितिले सिफरिश गरे बमोजिम वि.सं. २०७३ सालको महाकवि देवकोटा पुरस्कारबाट देहायका व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने गरी नेपाल सरकार (मन्त्रीस्तर) मिति २०७३।८।२७ मा निर्णय भएको ब्यहोरा सर्वसाधारणको जानकारीका लागि सूचना सम्प्रेषण गरिएको छ।
क्र.सं. |
पुरस्कृत व्यक्तिको नाम र ठेगाना |
पुरस्कार वितरणको क्षेत्र |
१ |
डा. वानिरा गिरी |
कविता |
२ |
श्री कृष्ण गौतम |
निबन्ध/ समालोचना |
३ |
श्री परशु प्रधान |
आख्यान/ नाटक |
४ |
श्री बासुदेव मुनाल |
बाल साहित्य/लोक साहित्य |
५ |
श्री नगेन्द्रराज शर्मा |
साहित्य सेवा |
(घनश्याम उपाध्याय)
सहसचिव
प्रवक्ता
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt