Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति महाशाखा
लेख रचना उपलव्ध गराउने बारेको सूचना
प्रथम पटक प्रकाशित सूचना मितिः-२०७३/०९/२०
यस मन्त्रालयको संस्कृति प्रवर्द्धन कार्यक्रम अर्न्तगत चालु आ.ब.०७३/७४ को स्वीकृत वार्षिक कार्यक्रममा ICH (Intangible Cultural heritage) Journal प्रकाशित गर्ने कार्यक्रम रहेको छ । नेपालभित्र रहेका सम्पुर्ण जातजातिहरुमा रहेका अमूर्त साँस्कृतिक सम्पदाका पाँचवटा विधाहरुको (क) भाषा सहितका परम्पराहरु तथा अभिव्यक्ति (ख) अभिनयकलाहरु (ग) सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सवहरु (घ) प्रकृति र व्रम्हाण्डसंग सम्वन्धित ज्ञान तथा व्यवहारहरु (ङ) परम्परागत कलाकौशल) बारेमा लेख रचना इमेल jayantishrestha@tourism.gov.np वा Soft copy यस मन्त्रालयको संस्कृति तथा पुरातत्व शाखामा सूचना प्रकाशित भएको मितिले १५ दिनिभत्र उपलव्ध गराईदिनुहुन यो सूचना प्रकfशित गरिएको छ ।थप जनकारी मन्त्रालयको सम्पर्क नं ४२११५९६ बाट प्राप्त गर्न सकिनेछ ।लेख रचना छनौटका आधारहरुः-
क. नेपालिभत्र रहेका कुनैपनि जाति समुदायसंग सम्वन्धित माथि उल्लिखित विधा मध्ये एक वा सो भन्दा वढि अमूर्त साँस्कृतिक सम्पदा सम्वन्धि लेख हुनुपर्नेछ
ख. लेख रचना अन्य कुनैपनि माध्यमबाट यसअघि प्रकाशित नभएको हुनुपर्नेछ ।
ग. खोज, अनुसन्धानमूलक बिश्लेषणात्मक लेख रचनालाई प्राथमिकता दिईनेछ ।
घ. भाषा/शैली उत्कृष्ट हुनुपर्नेछ ।
ङ. अंग्रेजी वा नेपालीमा लेख रचना लेख्न सकिनेछ ।
च. नेपाली लेखको फण्ट ११ युनिकोडमा १५०० देखि २००० शव्दमा हुनुपर्नेछ।साथै अंग्रेजी लेख Times New Roman को फण्ट १२ मा १५०० देखि २००० शव्दको हुनुपर्नेछ ।
छ. छनौट भएका लेख रचनाको पारिश्रमिक रकम यस मन्त्रालयको निर्णयानुसार उपलव्ध गराईनेछ ।
ज. लेख रचना उपलव्ध गराउँदा लेखकको परिचय सहित सम्पर्क नं समेत उपलव्ध गराउनुपर्नेछ ।
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt